• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विपक्षी दलका नेता खर्गेले राज्यसभामा भने- कहाँ कहाँ ठोक्नु पर्छ हामी ठोक्दिन्छौँ


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको राज्यसभामा संसदको बजेट अधिवेशनमा नयाँ शिक्षा नीतिको विषय हाबी भएको छ । यस विषयमा पार्टी र प्रतिपक्षबिच चर्को विवाद भएको हो ।

मंगलबार राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले एउटा वक्तव्य दिएपछि सदनमा चर्को हंगामा मच्चिएको छ।

खर्गेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको भनाइको निन्दा मात्र गरेनन्, उपसभामुखले बोल्न रोकेपछि उनी रिसाए । उनले अधिनायकवाद चलिरहेको बताए । उपसभामुखले फेरि बोल्न रोकेपछि उनले भने, ‘कहाँ कहाँ ठोक्नुपर्छ, हामी ठीकसँग ठोक्दिन्छौँ, सरकारलाई नै ठोक्दिन्छौँ ।’

खर्गेको भनाइप्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । राज्यसभाका नेता जेपी नड्डालेले उक्त बयानको निन्दा गरेका छन् । उनले प्रतिपक्षी नेताले यस्तो भाषा प्रयोग गर्नु मान्य नहुने बताए । यो भनाइप्रति खर्गेले माफी माग्नुपर्ने उनले बताए ।

यसपछि खर्गेले भने, ‘यदि मेरो शब्दले कसैलाई चोट पुगेको छ भने म माफी चाहन्छु।’ खर्गेले अध्यक्षलाई भने, ‘म तपाईसँग माफी माग्छु, तर सरकारको माफी स्वीकार गर्दिनँ।’

सदनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले डीएमके अलोकतान्त्रिक र असभ्य पार्टी भएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖