• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चन्द्रागिरिमा युवकले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एकजना युवकले आत्मदाह प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिका–७ घर भएका उत्तम कार्कीले गएराति १२ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । परिवारका सदस्य र स्थानीयले उनको उद्धार गरेका छन् ।

३५ वर्षी कार्कीको अहिले कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अनुहार लगायत शरीरको भाग जलेको छ । स्थानीय एकजना महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उनले फेसबुक लाइभमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई पटक-पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’

आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एकजना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्‍याएको कार्कीले बताएका छन् । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖