• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यसरी सडकमै भक्तपुरमा पल्टियो तीव्र गतिको गाडी


  • धनकुटा खबर
  • .

भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित हुँदा सडकमै पल्टिएको छ।
बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको हो।

दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका-५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्।

उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖