• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते(नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको हो ।

भक्तपुर प्रहरीले तीव्र गतिका कारण गाडी आफै अनियन्त्रित भएर सडकमा पल्टिएको जनाएको छ ।

दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖