• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बेवारिसे प्रेसर कुकर भेटिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि उनले प्रहरीलाई खबर गरेकी छन् ।

जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको बताइएको छ । प्रेसर कुकर बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टिमलाई खबर गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖