• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

धनुषामा बस दुर्घटना, ३० जनाभन्दा बढी यात्रु घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, १ चैत । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस आज (शुक्रबार) विहान ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ । हालसम्म घाइतेहरूको विवरण सङ्कलन गरिसकिएको छ । ६ जनालाई गम्भीर चोटपटक लागेको बताइएको छ । अन्य घाइतेलाई सामान्य चोटपटक लागेको छ ।

घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖