• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

धनकुटाको छथर जोरपाटीमा युवक मृत फेला, कान्छी श्रीमती सहित ५ जना पक्राउ


  • धनकुटा खबर
  • .

धनकुटा,१ चैत । धनकुटामा एक ब्यक्तिको हत्या आशंकामा ५ जना पक्राउ परेका छन् ।

जिल्लाको छथर जोरपाटी बजार र धनकुटा बजारबाट गरि ५ जनालाई प्रहरीले नियान्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा छथर जोरपाटीका मृतकका कान्छी श्रीमति ४४ वर्षिय जितमाया लिम्बू,१६ वर्षिय एक नाबालक, १९ बर्षिय ईन्द्रबहादुर तामाङ, ३२ बर्षिय चेतुलाल मगर र ३१ बर्षिय दाछिरी शेर्पा रहेका छन् ।

गत फागुन २९ गते छथर जोरपाटी २ गुरुंग टोल बस्ने ३८ बर्षिया खेम बहादुर दर्लामी मृत अवस्थामा फेला परेको थियो । शवको प्रकृति हेर्दा शरीरमा चोटपटक लागेको र घाँटीमा डाम समेत रहेकोले शंकास्पद देखिएकोले ती ब्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई जानकारी दिए ।

घटनाको सुचना पाउन साथ खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको र शवको पोष्टमार्टम हुन बाँकी रहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक खेम बहादुरले पत्नी जितमायालाई दिनहुँ जस्तो कुटपीट र घरेलु हिंसा गर्ने गरेको र निजले गत फागुम २८ गते पनि कुटपीट गरेपछि ती ब्यक्तिहरुले मृतकको घर गई बाँसको लट्ठीले पेट, ढाड लगायतका विभिन्न स्थानमा प्रहार गरी ,घाँटी थिची अचेत अवस्थामा घरबाट ५०० मिटर पर घिसार्दै लगी बाटोमाथि चौतारोनिर छोडी फरार भएको र घटनास्थल नजिकैबाट लठ्ठी समेत फेला पारी बरामद गरिएको डीएसपी खनालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖