• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नागार्जुनमा यसरी भयो भीषण आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राति ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल झिकाइएकाे छ ।

बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖