• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जिउँदो गाईलाई कुटकुटी ज्युदै बगाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ – गाउँलेले जिउँदो गाईलाई कुटकुटी नदिमा बगाएका छन् । बाजुराको जगनाथ गाउँपालिकामा परम्पराको नाममा गाईलाई कुटपिट जबरजस्ती कर्णाली नदिमा बगाएका हुन् ।

बाजुराको जगनाथ गाउँपालिकामा परम्पराको नाममा गाईलाई कुटपिट गरी जबरजस्ती नदीमा डुबाइएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।

भिडियोमा देखिएअनुसार, कर्णाली नदी किनारमा भेला भएका मानिसहरूले कालो रङको गाईलाई लखेट्दै ढुंगामुडा हानेर नदीमा धकेल्ने प्रयास गर्छन्। गाई बच्न खोज्दा झनै कुटपिट गरिन्छ, र अन्ततः बगेर मर्छ।

स्थानीयका अनुसार उक्त घटना बाजुराको जगनाथ गाउँपालिका–६ काप्रेको हो। स्था स्थानीय साउने सार्कीको मृत्यु भएपछि मलामी गएका व्यक्तिहरूले यो कुकर्म गरेका हुन् ।

स्थानीयहरूले मृत व्यक्तिको आत्माले मुक्ति पाउने भन्दै गौदानस्वरुप गाईलाई जबरजस्ती नदीमा डुबाउने परम्परा रहेको स्थानिय बताउछन् । वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार, परम्परागत रूपमा यस्तो क्रियाकलाप हुँदै आएको छ, तर रोक्न खोज्दा उल्टै स्थानीय आक्रोशित हुने गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖