• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बाजुरा प्रहरीले अर्कै व्यक्तिलाई गाई पाल्न लगायो जिम्मा


  • धनकुटा खबर
  • .

प्रहरीले गाई खोजेर सोमबार बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्री गाउँका प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको छ।

बाजुराका प्रहरी प्रमुख डिएसपी दिलीपकुमार गिरीले गाईको खोज तलास गरी स्थानीय प्रजन सार्कीलाई पाल्ने गरी जिम्मा लगाएको सेतोपाटीलाई बताए।

‘हामीले गाईको खोज तलास गर्‍यौं,’ उनले भने, ‘गाईलाई त्यस्तो गम्भीर चोट पटक देखिएन। त्यही भएर प्रहरीले सल्लाह गरी स्थानीय एक परिवारलाई पाल्ने गरी जिम्मा लगाएको हो।’

परम्पराका नाममा निर्मम रूपमा कुटपिट गर्दै कर्णाली नदी पार गराउन खोज्नेहरूमध्ये अधिकांश किरिया बसेको हुँदा सोमबार नै नियन्त्रणमा लिन नसकेको डिएसपी गिरीले बताए।

‘गाईमाथि कुटपिट गर्नेमध्ये अधिकांश किरिया बसेको पाइयो,’ उनले भने, ‘किरिया बसेकाहरूलाई प्रहरीले उठाउन मिल्दैन त्यही भएर प्रहरी फर्केर आएको हो।’

चैत ९ गते किरियाको काम सकिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिने प्रहरीले जनाएको छ।

काप्री गाउँका अन्दाजी ६५ वर्षीय साउने सार्कीको गत फागुन २८ गते बेलुकी ८ बजेतिर घरमै मृत्यु भएको थियो। मृत्युपछि दान गरिएको गाईलाई स्थानीय परम्परा धान्ने नाममा निर्मम रूपमा ढुंगाले हानेर कर्णाली नदी पार गराउन खोजिए पनि जान नसकेर गाई फर्किएर त्यसैदिन बेलुका घर पुगेको थियो।

यो घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले गाईमाथि कुटपिट गर्नेहरूको खोजी थालेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖