राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई धरानमा प्राप्त भएको सुनको रिङ बिक्री भएको छ, तर उक्त सुन पनि उपहारस्वरूप आविष्कार केन्द्रमै रहने छ ।
यो बिषयमा महावीर पुन लेख्छन् :- विशेष समाचार सुनुहोस् – केहि हप्ता अगाडी धरानमा एक जना बहिनीले दिएको सुनको रिङको लागि रु १ लाख १ हजार ५ सय ९ रुँपैया प्राप्त भयो।
बागलुङ जिल्ला घर भै हाल युकेमा बसोवास गर्ने एक जना भाईले नाम नखुलाउनु होला भन्दै धरानको समिर तामाङ भाई मार्फत उक्त रकम पठाएका थिए। दान गर्ने भाईको इच्छा अनुसार सो सुनको रिङ राष्ट्रिय आविष्कार केन्द्रमा उपहारको रूपमा राखिनेछ। दाता भाईलाई धन्यवाद।
