काठमाडौ । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई धरानमा प्राप्त भएको सुनको रिङ बिक्री भएको छ।
तर, दाताको इच्छाअनुसार उक्त सुन फेरि उपहारकै रूपमा केन्द्रमै रहने छ।
महावीर पुन लेख्छन्:
“केही हप्ता अघि धरानमा एक जना बहिनीले दिएको सुनको रिङबाट रु १ लाख १ हजार ५ सय ९ प्राप्त भयो। बागलुङ जिल्ला घर भई हाल युकेमा बसोवास गर्ने एक जना भाईले नाम नखुलाउने सर्तमा धरानका समिर तामाङमार्फत उक्त रकम पठाएका हुन्।
सो सुनको रिङ राष्ट्रिय आविष्कार केन्द्रमै उपहारका रूपमा रहनेछ। दान दिने भाईलाई धन्यवाद।”
