• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुनको भाउमा नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबार नै सुनको भाउले दुई दिनअघिको उच्च रेकर्ड तोडेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि चैत १ गते सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖