• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एसईई परीक्षाको दोस्रो दिन: नेपाली विषयको प्रश्नपत्र १ मिनेटमै आउट


  • धनकुटा खबर
  • .

काठमाडौ । आज माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० अन्तर्गत नेपाली विषयको परीक्षा सुरु भएको छ। तर, परीक्षा सुरु भएको १ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।

प्राप्त जानकारीअनुसार एक विद्यार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाएको पुष्टि भएको छ। तर, उक्त घटना कुन परीक्षा केन्द्रबाट भएको हो भन्ने खुलेको छैन।

यसअघि, पहिलो दिनको अंग्रेजी विषयको प्रश्नपत्र पनि परीक्षा सुरु भएको २५ मिनेटमै आउट भएको थियो। लगातार प्रश्नपत्र बाहिरिनुले परीक्षा प्रणालीप्रति प्रश्न उठाएको छ।

परीक्षा सुरक्षित, मर्यादित र निष्पक्ष बनाउन परीक्षा नियन्त्रण कार्यालय तथा सुरक्षा निकायले थप कडाइ गर्ने बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖