• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पत्रिका बोकेर आउँदै थिए, मोटरसाइकल दुर्घटनामा परी बिते


  • धनकुटा खबर
  • .

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ का २२ वर्षीय विवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै शनिबार बिहान साढे ५ बजेको समयमा आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत गम्भीर घाइते भएका छन्।

उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक लगायका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आएका थिए।

आज पनी बिहानै पत्रिका लिएर तुलसीपुर आउने क्रममा उनी दुर्घटनामा परेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖