• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

युट्युब हेरेर आफ्नै पेटको अपरेशन गर्ने युवक गम्भीर अवस्थामा


  • धनकुटा खबर
  • .

उत्तर प्रदेशको मथुरा जिल्लामा बस्ने एक युवकले युट्युब भिडियो हेरेर आफ्नै पेटको अपरेशन गरेका छन्। यस घटनाले सबैलाई चकित बनाएको छ।

मथुराको वृन्दावन क्षेत्रको सुनरख गाउँमा बस्ने ३२ वर्षीय राजा बाबू लामो समयदेखि पेट दुख्ने समस्याबाट पीडित थिए। अस्पताल जाने सट्टा उनले युट्युबमा शल्यक्रियासम्बन्धी भिडियो हेरेर आफ्नै उपचार गर्ने निर्णय गरे। उनले नजिकैको मेडिकल स्टोरबाट सुन्न गर्ने औषधि, सर्जिकल ब्लेड, सुई-धागा लगायतका सामग्रीहरू किनेर आफैं पेट चिरेर ११ वटा टाँका लगाए।

शल्यक्रिया गरेपछि उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। पेटमा असह्य पीडा भएपछि परिवारले उनलाई तत्काल मथुराको संयुक्त जिल्ला अस्पताल पुर्याए।

चिकित्सकहरूले युवकले आफ्नो अपरेशन गरेको सुनेर आश्चर्यचकित भए। जटिल अवस्था देखिएपछि उनलाई थप उपचारका लागि आगरा स्थित एसएन मेडिकल कलेज रेफर गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖