नुवाकोट, ९ चैत्र – नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावाघरमा मिनिट्रक र स्कुटर आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन्।
कुखुरा बोक्ने बा ०१ ८३९८ नम्बरको आइचर मिनिट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा बिदुर ६ का विजय कुमाल र बिदुर ४ का कृष्णमणि अधिकारी गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको छ।
