• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भक्तपुरस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा एकजना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा फेला परेका हुन् ।

कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖