मलाई केपी ओलीप्रति शंका छ । गणतन्त्र उल्टाउछु भन्नेहरूका लागि केपी ओलीको क्रियाकलाप धेरै पल्ट सहयोगी बन्नु संयोग मात्रै होला त ?
१. ओली आफुलाई जबजको व्याख्याता भन्छन् । जबजले सामन्ती संस्कारको अवशेषकारूपमा एउटा राजा हुनु र नहुनुमा फरक देख्दैन ।
२. ६२/६३ को जनआन्दोलनमा गणतन्त्रको कुरा उठ्दा बयलगाडाले अमेरिका पुग्नु जत्तिकै सम्भव हुने कुरा हो भनेर मान्छेलाई हतोत्साहित बनाउँने प्रयत्न गर्थे ।
३. एमालेले कांग्रेस भन्दा पछि मात्र औपचारिकरूपमा गणतन्त्र स्विकारेको हो ।
४. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग चुनावी तालमेल गरेर उनलाई संसदमा आउने बाटो सजिलो बनाइदिएका हुन् ।
५. अर्का राजावादी कमल थापालाई चुनावमा जितून् भनेर सुर्य चुनाव चिन्हबाट नै निर्वाचन लड्न दिए । आफ्नो उम्मेदवार उठाइदिएनन् ।
६. पछिल्लो समय राजावादी बनेका दुर्गा प्रसाईँलाई राजनीतिमा ल्याएर हुर्काउने काम गरे ।
७. अहिले व्यवस्थाकै विरूद्धमा ज्ञानेन्द्र शाहले चुदुरबुदुर गरेका बेला नागरिकलाई चिढ्याउने गरेर कुलमान घिसिङलाई हटाइदिए ।
