• Friday 30th of October 2026

राजावादी आन्दोलनको समर्थनमा मनिषादेखि सर्वेन्द्र खनालसम्म


  • धनकुटा खबर
  • .

काठमाडौं– व्यावसायी दुर्गा प्रसाईंलाई कमान्डर बनाई राजधानीको तीनकुनेमा हुन लागेको राजसंस्थावादीको शक्ति प्रदर्शनमा अभिनेत्री मनिषा कोइरालादेखि प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालसम्मले ऐक्यबद्धता जनाएका छन्।

सरकारलाई निषेधको राजनीति नगर्न अपिल गर्दै भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, टिकाराम यात्री, युवराज घिमिरे, जीवरामभण्डारी, स्वागत नेपाल, सर्वेन्द्र खनालसहित ३२ जना अगुवाले ६ बुँदे अपिल गरेका हुन्।

अपिलमा भनिएको छ,‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन, राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरुको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ।’

अपिलमा अगाडि भनिएको छ,‘हामी तपशीलका विभिन्न संस्था र विधामा अबद्ध व्यक्तिहरु सरोकारवालालाई सतर्क र सचेत पनि गराउन चाहन्छौँ। यदि परिस्थिति नियन्त्रण बाहिर जाने अवस्था भयो भने यसको जिम्मेवार स्वयम् सरकार हुनेछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖