• Friday 30th of October 2026

राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजावादी प्रदर्शनकारीले ढुंगामुढा गरेकै घरमा शुक्रबार दिउँसो आगलागी भएको छ । तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रे साइडको घरमा आगलागी भएको हो ।

आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको सार्वजनिक फोटोहरूमा देखिएको छ । त्यसको केही समयअघि उक्त घरमा आगलागी सुरु भएको थियो । आगलागी प्रदर्शनकारीले नै लगाएका हुन् या अन्य कारणले हो भन्नेबारे खुल्न सकेको छैन ।
आगलागीअघि प्रदर्शनकारीले नजिकै टायर बालेर प्रदर्शन गरेको र पछि एकाएक घरमा पनि आगो देखिएको बताए ।

वर्तमान व्यवस्थाको विरोधमा राजावादी सडकमा आएका हुन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो भने लगत्तै झडपको स्थिति बनेको थियो । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरे भने प्रहरीले पनि पानीको फोहोरा, लाठीचार्ज र अश्रुग्यास प्रहार गरे ।

आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ । दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ । कार्यक्रम हुँदै गर्दा दुई पक्षीय झडप भएसँगै नेताहरूले सम्बोधन गर्ने मुख्य कार्यक्रम बिथोलिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖