• Friday 30th of October 2026

सेना परिचालन,ठाउँको ठाउँ गोली हान्ने आदेश माग


  • धनकुटा खबर
  • .

पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानमा सडकमा ओर्लिएका राजावादीहरु लुटपाट र तोडफोडमा उत्रिएपछि सरकारले सेना परिचालनको तयारी गरेको छ ।

मेडिकल माफिया दुर्गा प्रसाईं कमाण्डर रहेको राजावादी आन्दोलन भड्किएर अराजकतामा परिणत भएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सरकार सेना परिचालनसम्मको तयारीमा पुगेको हो । अहिले गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ । प्रहरीको आन्तरिक सञ्चार प्रणाली वाकिटाकी सेटबाट सेना तैनाथ हुन लागेको सन्देश मातहतमा रिले भैसकेको छ ।

गृहमन्त्री रमेश लेखकले बोलाएको आपतकालीन बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति छ । सुरक्षा समितिको सिफारिसबमोजिम सेना परिचालनको निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ८ बजे क्याबिनेट बैठक बोलाउनुभएको छ ।

यसवीच कोटेश्वरको जडिबुटीस्थित पार्किङका सबै गाडीमा राजावादीद्वारा भर्खरै आगजनी गरिएको छ भने प्रहरीले हिँसामा सम्लग्न जोसुकैमाथि ठाउँको ठाउँ गोली चलाउन अनुमती मागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖