जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले सरकारले अपनाएको रवैयाले स्थिति थप बिग्रन सक्ने चेतावनी दिएका छन्।
“भोलि घोडेजात्रा छ, हामीले प्रदर्शन नगर भन्ने निर्णय गरेका छौं। तर, सरकारले आज देखाएको व्यवहारले के हुन्छ भन्न सकिन्न।” उनले भने, “पहिले नै एक जनाको मृ’त्यु भइसकेको छ, एक जनालाई गो’ली लागेको छ।
अब राजालाई गिरफ्तार गर्ने चर्चा चल्दैछ। यस्तो भयो भने जनता आफैं सडकमा उत्रनेछन्, परिस्थिति अझै भयावह बन्न सक्छ।” उनले सरकारलाई स्थिति थप नबिगार्न र जनताको आ’क्रोशलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।
