• Friday 30th of October 2026

गाडी जलेपछि परियारले भने- एउटा अराजक घटनाबाट बचेको छु


  • धनकुटा खबर
  • .

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफू एउटा अराजक घटनाबाट बचेको बताएका छन्।

शुक्रबार (आज)को राजावादी आन्दोलनमा आफ्नो गाडी जलेपछि उनले यस्तो बताएका हुन्।

‘म सकुशल छु। यहाँहरूले मेरो अवस्थाप्रति गर्नुभएको चासो र चिन्ताका लागि म आभारी छु। एउटा उदण्ड र अराजक घटनाबाट म आज बचेकोछु,’ उनले भनेका छन्।

उनले जस्तोसुकै परिस्थितिमा पनि आफू निरन्तर जनसेवामा खट्ने पनि बताएका छन्। ‘पहाड खसे पनि देश र जनताको सेवामा म निरन्तर खटिइरहनेछु। लोकतान्त्रिक र जनताको पक्ष हुन सजिलो छैन मलाई थाहा छ। तर, म मेरो मूल्य र मान्यताबाट किञ्चित् पनि बिचलित हुने छैन,’ उनले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖