डडेल्धुराबाट शेरबहादुर देउवालाई चुनौती दिएका सागर ढकालले देउवा, ओली र प्रचण्डलाई आत्मसमीक्षा गर्दै राजनीतिबाट संन्यास लिन आग्रह गरेका छन्।
ढकालले तीनै नेताहरूलाई भ्रष्टाचार, कुशासन र जनताको असन्तुष्टि बेवास्ता गरेको आरोप लगाउँदै भनेका छन्, “तपाईंहरूले जनतालाई अन्यायमा नपार्नु भएको भए आज राजतन्त्रको माग उठ्दैनथ्यो।”
उनले देशका युवा पुस्तालाई दबाएर, भ्रष्टाचारलाई मलजल गरेर, पार्टीका गुण्डाहरूलाई संरक्षण दिएर गणतन्त्रकै अस्तित्व खतरामा पारेको आरोप लगाए। यदि गणतन्त्र जोगाउने हो भने तीनै जना नेताले तत्काल राजीनामा दिनुपर्ने उनको धारणा छ।
ढकालले चेतावनी दिँदै भनेका छन्, “जनतालाई धेरै जिस्क्याउनु भयो भने तपाईंहरूको राजनीति लतारिँदै टुकुचामै अन्त्य हुनेछ।”
