• Friday 30th of October 2026

आरआर क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो।

यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने क्याम्पस प्रमुख डाक्टर पद्मकुमार अधिकारी जनाए ।

यसअघि समेत पटक पटक स्ववियु निर्वाचन स्थगित हुँदै आएको छ। चैत ५ गतेको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो।

त्यसपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो। उक्त मितिमा समेत निर्वाचन हुन नसकेर स्थगित भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖