• Friday 30th of October 2026

पूर्वराजालाई पक्राउ गर्ने तयारी गरिएको भन्दै सुवेदीको आपत्ति, मिश्र र राणाको रिहाइको माग


  • धनकुटा खबर
  • .

काठमाडौ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको छ। त्यसअनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वत:स्फूर्त विरोधमा उत्रनेछन् भन्ने हाम्रो जानकारीमा आएको कुरा यहाँ उल्लेख गर्दै त्यस किसिम हुने कदमको घोर भर्त्सना गर्दछौँ,’

उनले १५ गतेको आन्दोलनपछि पक्राउ परेका समितिका कमान्डर दुर्गा प्रसाईं, सदस्य-सचिव रवीन्द्र मिश्र, सदस्य धवलशमशेर राणाहरूको रिहाइको मागसमेत गरेका छन्।

उनले १५ गते तीनकुनेको आफूहरूको आन्दोलनमा घुसपैठ भएको आरोपसमेत लगाएका छन्। ‘चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौंको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा हाम्रो सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलियो,’ उनले भनेका छन्।

उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनीसमेत दिएका छन्। १५ गते काठमाडौंको तीनकुने केन्द्र बनाएर राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन्। त्यहाँ केही गाडी तथा घर जलाइएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖