• Friday 30th of October 2026

ज्ञानेन्द्र शाहको राहदानी रद्दको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं– सरकारले ज्ञानेन्द्र शाहको राहदानी रद्दको तयारी गरेको छ।

मन्त्रिपरिषदको शुक्रबारको आकस्मिक बैठकले यस्तो तयारी गरेको हो। उनीमाथि व्यक्ति हत्यामा उक्साएकोलगायतका अभियोग लगाउने तयारी समेत भएको उच्च स्रोतले जानकारी दिएको छ।

राजावादी आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राई भगाउन सहयोग गरेको सरकारले शाहको भने राहदानी रद्द गरी अनुसन्धान गर्ने तयारी गरेको बताइन्छ।

नेपालका प्रशासनिक निकायले यसबारे स्वतन्त्र पुष्टि नगरे पनि उच्च तहको स्रोतले भने दाबी गरेको छ।

मन्त्रिपरिषदको बैठकमा यहि प्रयोजनका निम्ति प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई समेत समावेश गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖