• Friday 30th of October 2026

प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनमा ‘मान्छे मारेर आउ’ भनेर पठाएको स्वागत नेपालको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ चैत । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुको तीनकुनेको आन्दोलनमा मान्छे मारेर आउ भनेर आफ्ना कार्यकर्ता पठाएको आरोप लगाएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनमा दमन गर्न युद्धमा प्रयोग हुने इन्सास हतियार नै बोकेर प्रहरी खटाएको र उनका कार्यकर्ताहरु प्रहरीको कपडा लगाएर आन्दोलनमा प्रयोग भएको बताएका हुन् ।

‘केपी ओलीज्यूले पत्रकार मार्ने निर्देशन दिनुभयो । बाघले झम्टिएजस्तो झम्टिनु भनेर कार्यकर्तालाई दिएको निर्देशन हेर्नुभयो नि ? त्यहाँ उहाँले युद्धमा प्रयोग हुने इन्सास बोकेर किन मान्छे पठाउनु भयो ? प्रहरीको कपडा लगाएर केपी ओलीका कार्यकर्ताहरु गएका छन् । ढुङ्गा हानेका छन् । एक–एक प्रमाण छन्,’– उनले भने, ‘हाम्रो आन्दोलनका केपी ओलीले निर्देशन दिएर हत्या गर्न प्रहरीहरु पठाउनुभयो । युद्धमा प्रयोग गर्ने हतियार इन्सास बोकेर । केपी ओलीज्यूले मान्छे मारेर आउ भनेको निर्देशन दिएको भिडिओ छ त । दुई दिनअघि नै उहाँले त्यहाँ कर्फ्यू लाग्छ कसरी थाहा पाउनुभयो ?’

तीनकुनेको आन्दोलन हिंसात्मक बन्नुमा राज्य दोषी रहेको उनले बताए । राज्य एकदमै डराएर गत चैत १५ गतेको आन्दोलनलाई राज्यले हिंसात्मक बनाएको उनको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖