• Thursday 29th of October 2026

राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको :सुमना


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छिन् ।

यसप्रति आपत्ति जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको ।’

उनले थप कटाक्ष गर्दै अघि लेखेकी छिन्, ‘…तर, त्यो पर्दैन, हैन त ?’

शिक्षक आन्दोलन उत्कर्षमा भएको बेलामा शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖