• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दाङमा ८३ वर्षीय पुरुषले आफैँमाथि चलाए गोली, घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मोतिपुरमा एक जना पुरुषले आफैँलाई गोली प्रहार गरेका छन् । ८३ वर्षीय नारायण आचार्यले बाह्रबोर बन्दुकले आफ्नै बायाँ छातीमा प्रहार गरेका हुन् ।

सो हतियारको लाइसेन्स रहेको भेटिएको छ । आफैँमाथि गोली प्रहार गरेका आचार्यको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जनार्दन जिसीले बताए ।

आचार्य रेडक्रस दाङका पूर्व अध्यक्ष हुन् । उनले आफैँमाथि गोली चलाउनुको कारण नखुलेको एसएसपी जिसीले बताए । उनले भने, ‘त्यसबारे हामी अनुसन्धान गर्दैछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖