• Thursday 29th of October 2026

शिक्षकसँग भीड्ने ‘मुड’मा सरकार,निजामति कर्मचारी परिचालन गरेर भएपनि सरकारले १२ को परीक्षा लिने


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार निर्धारित मितिमै हुनेछ । निजामति कर्मचारी परिचालन गरेर भएपनि सरकारले १२ को परीक्षा लिने निर्णय गरेको छ ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिएपनि बिहान बसेको बोर्ड बैठकले परीक्षा निर्धारित मितिमै गर्ने निर्णय गरेको छ ।

बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖