• Monday 5th of October 2026

विश्वकप क्रिकेट: न्युजिल्याण्डले इग्ल्याण्डलाई हरायो


  • धनकुटा खबर
  • .

१३ औं विश्वकप क्रिकेटमा न्युजिल्याण्डले इग्ल्याण्डलाई हराएको छ। साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले अघिल्लो पटको बदला लिदै पहिलो खेलमा ९ विकेटले हराएको हाे।

यस अघि टस हारेर पहिलो व्याटिङ गरेको इग्ल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले ३६ दशमलब २ ओभरमा १ विकेट गुमाएर खेल जितेको हो।

न्युजिल्याण्डको जितमा डेभन कन्वेको १५२ रन तथा रचिन रविन्द्रको १२३ रन महत्वपूर्ण रह्यो। डेभन कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासंगै १५२ रनमा नट आउट भए। त्यसैगरी रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासंगै १२३ रनमा नट आउट भए।

१ दशमलब १ ओभरमै विल योंगलाई ० रनमा गुमाएकाे न्युजिल्याण्डका लागि डेभन कन्वे र रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई जित तर्फ डोराएका हुन।

इग्ल्याडका लागि सबै भन्दा बढि जो रुटले ७७ रन बनाए। त्यसैगरी कप्तान जस बटलरले ४३,जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए। न्युजिल्याण्ड लागि म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर सबै भन्दा वढि ३ विकेट लिए। त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई/दुई लिए। त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक/एक जनालाई आउट गरे। भोलि नेदरल्याडस र पाकिस्तानविच खेल हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖