• Tuesday 6th of October 2026

रेस्टुरेन्टमा खाना खुवाई जबरजस्ती करणी, ललाइफकाई औषधि सेवन गराई गर्भ खेर


  • धनकुटा खबर
  • .

काठमाडौं । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

भदौ १४ गते दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेस्टुरेन्टमा खाजा खान लगेर २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाइफकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको थियो ।

करणी सम्बन्धी पीडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖