• Wednesday 28th of October 2026

फेशबुकमा प्रधानमन्त्री ओलीले लेखे ‘म झोले हुँ’


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भीडसँग बल भएपनि सत्य नहुन सक्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा ‘म झोले हुँ’ लेख्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोड्न भनेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

हिजो-आज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।

सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖