• Wednesday 28th of October 2026

उग्र बन्दै वाइसिएल, स्वर्गीय राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा ढुंगा प्रहार


  • धनकुटा खबर
  • .

दिवंगत राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)का कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।

पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरिरहँदा वाइसिएलका कार्यकर्ताले ढुंगा हानेका हुन्।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा वाइसीएलको कार्यक्रम थियो। उनीहरूले त्यहीँबाट राजसंस्थाविरुद्ध नारावाजी गर्दै ढुंगा प्रहार गरेका हुन्। अहिले प्रहरीले उनीहरूलाई प्रज्ञा भवनबाट बाहिर निस्कन दिएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖