• Wednesday 28th of October 2026

थुनाको अवधि लम्बिएसँगै रुपन्देहीबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा हुन रबिको इच्छा


  • धनकुटा खबर
  • .

पूर्वगृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको आदेशपछि थुनाको अवधि लम्बिएसँगै रुपन्देहीबाट काठमाडौंको डिल्लीबजार कारागारमा सरुवा हुन इच्छा व्यक्त गरेका छन्।

सुरुमा रुपन्देहीमै ठिक लागेको बताए पनि पछिल्लो अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि राजधानी सरुवाको चाहना जनाएका हुन्। कारागार प्रशासनले उनको आग्रहअनुसार प्रक्रिया अघि बढाइसकेको छ।

लामिछानेलाई डिल्लीबजार कारागारको दीपक मनाङे बसेको ब्लकमा राख्ने तयारी भइरहेको छ। यसअघि त्यहाँ खुमबहादुर खड्का, बालकृष्ण ढुंगेल र गणेश लामा पनि बसेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖