• Wednesday 28th of October 2026

गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरू लचिलो, हट्ला त सदनको गत्यवरोध


  • धनकुटा खबर
  • .

काठमाडौं, २० जेठ । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको छ ।

आज विहान ११ बजे बस्ने भनिएको बैठक बस्दै नबसी २ बजेको लागि तय भएको थियो । तर, अहिले २ बजिसक्दापनि बैठक बस्ने छाँटकाँट देखिएको छैन् । सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरिसकेका छन् ।

तर, उक्त छलफलबाट अहिलेसम्म कुनै निश्कर्ष निस्किएको छैन्। यतिवेला सत्ता पक्ष र प्रतिपक्षीहरु छुट्टछुट्टै छलफलमा जुटेका छन् । तर, विपक्षी दलका नेताहरुको बैठकमा भने गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिनेबारे छलफल भएको बताईन्छ ।

गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने माग राखेका थिए । लेखकको उक्त मागप्रति विपक्षी दलहरु नरम बनेको बताईन्छ । यद्धपी गृहमन्त्री लेखकलाई बोल्न दिनेबारे विपक्षीहरुे कुनै निर्णय भने गरिसकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖