• Monday 5th of October 2026

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज


  • धनकुटा खबर
  • .

मुम्बई, २४ जेठ । दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज भएको छ ।

 

करण शर्मा निर्देशित फिल्म ‘भुल चुक माफ’ यसअघि मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो तर पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूरका कारण चलचित्र हलमा जान रोकिएको थियो। अग्रिम बुकिङ खुलाए पछि अचानक निर्णय बदलेर सीधै ओटीटीमा रिलिज हुने घोषणासमेत गरिएको थियो ।

 

‘भुल चुक माफ’ को थिएटर रिलिज रद्द भएपछि पीभीआर आइनक्स अदालतसम्म पुग्यो र उच्च अदालतले ओटिटीवाट फिर्ता ल्याएर थिएटर मालिकहरूको पक्षमा फैसला गर्‍यो। चलचित्र मे २३ मा थिएटरमा रिलिज भएको थियो र  जम्मा मात्र दुई हप्ता मात्रै थिएटरमा बसेर सो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको छ ।

 

जसका कारण दुई हप्तापछि राजकुमार रावको कमेडी फिल्म ‘भूल चुक माफ’ अब ओटीटी प्लेटफर्ममा हेर्न सकिने भएको छ । यो हिजो देखि नै ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिसकिएको छ।

 

निर्माताहरूले आफ्नो इन्स्टाग्राम खातामा एक भिडियो पनि साझा गरेका छन्, जसमा राजकुमार र वामिका गब्बीले खुलासा गरेका छन् कि यो अब अनलाइन उपलब्ध छ। भिडियो सेयर गर्दै क्याप्सन लेखिएको थियो, ‘हेर्न नभुल्नुहोला।’

 

‘भुल चुक माफ’ ले दुई सातामै सफलताको झण्डा फहराएको थियो । यो फिल्मलाई दर्शकले कति रुचाएका छन् भन्ने कुरा यसको बक्स अफिस कलेक्शनबाटै स्पष्ट हुन्छ । भुल चुक माफले १४ दिनमा ६६.७५ करोडको व्यापार गरेको थियो । सैकनिल्ककाको अनुसार फिल्मले १४ औं दिनमा १.६५ करोड कमाई गरेको छ। यसअघि पनि नन वीकेण्डमा समेत फिल्मको कलेक्सन करोडमा नै रहेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖