• Wednesday 28th of October 2026

गायक बद्री पंगेनीकी छाेरी बिहानी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध चयन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुको सचिवालय सदस्यमा बिहानी पंगेनी निर्विरोध चयन भएकी छन्। अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा उनी सचिवालय सदस्यमा निर्विरोध चयन भएकी हुन् ।

विश्वविद्यालयको महिला क्लष्टरमा उनको मात्रै उम्मेदवारी परेको थियो । लाेकदाेहाेरी गायक बद्री पंगेनीकी छाेरी बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। पदाधिकारी सहितका अन्य पदहरुमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖