• Wednesday 28th of October 2026

बालेनलाई रास्वपामै समाहित गर्न खोजिएको अर्को दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिका निवासी लोकगायक भगवान भण्डारीले आज अर्को स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङलाई रास्वपामा समाहित गर्ने विषयमा छलफल भएको दाबी गरेका छन् । आफ्नो अघिल्लो स्टाटसलाई धेरैले पत्यार नगरेपछि उनले थप प्रष्टीकरण दिएका हुन् ।

भण्डारीले अस्ति बालेन, हर्कसहित २० जनाको भर्चुअल बैठक बसेको र सुमना श्रेष्ठको संयोजनमा नयाँ पार्टी बनाउने सहमति भएको दाबी गरेका थिए । आज उनले नयाँ पार्टी जन्माउन आँटेको नभएर रास्वपाकै अर्को नाम राख्न खोजेको बताएका छन् ।

यो पनि पढ्नुहोस्- बालेनले नयाँ पार्टी खोल्न लागेको अमेरिकाबाट भगवान भण्डारीको दाबी, सत्यको नजिक कि भ्रामक ?

भण्डारीले हिजो लेखेको स्टाटस भने फेसबुकबाट हटाएका छन् ।

हेर्नुस् भण्डारीको स्टाटसः

कुरा भएकै हो सबै जोडिएकै हो ,खोज्न चाहेमा मिडियाले निकाल्न सक्छ ।

मेरो एउटा मात्रै त्रुटि के भयो भने पार्टीको नाम नयाँ राख्ने भन्ने कुरा प्रष्ट भएन , केहि साथीहरू असहमत भएकोले रास्वपा कै अर्को नाम राख्न खोजेको हो नयाँ पार्टी जन्माउन खोजेको हैन।

मेरो लेखाइमा अस्पष्टता भएकोमा माफी चाहन्छु । फेरि प्रष्ट पार्न चाहन्छु। रास्वपा मै बालेन , हर्क गोपी जीहरू समाहित गर्दा नाम फेर्ने प्रस्ताव मात्र आएको हो ।

केहि मिडियाहरूलाई ग्रुप कलको प्रमाण पनि पठाएको छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖