• Wednesday 28th of October 2026

मिश्र र राणा फरार, पक्राउ पुर्जी जारी हुँदै


  • धनकुटा खबर
  • .

अदालतमा बयानका लागि अनुपस्थित रहेका रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको छ।

उपचार गर्न हाजिर जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेश मार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।

चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा दूर्गा प्रसाई लगायतका सात जनालाई बिहीबार राति पुर्पक्षका लागि थुनाका पठाएपछि उनीहरूका विरुद्ध पक्राउ पुर्जी जारी गर्न लागिएको अदालत स्रोतले जनाएको छ।

अदालतको नजरमा मिश्र र राणा फरार रहेका छन्। उनीहरू सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइसकेका छन्। जमानी बस्ने कानुन व्यवसायीहरूले जरिवना तिरिसक्दा पनि उनीहरू अदालतमा हाजिर भएका थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖