नेपाल विद्युत प्राधिकरण प्रमुख हितेन्द्र देव शाक्य भन्छन्, “नेपाल विद्युत प्राधिकरण अहिले कठिन मोडमा उभिएको छ।
घाटामा नभए पनि ३५०० मेगावाटको उत्पादनलाई व्यवस्थापन गर्नै गाह्रो छ, किनभने प्रसारण र वितरण प्रणाली कमजोर छ। रुख ढलेर ट्रान्समिसन लाइन ट्रिप हुन्छ, सिस्टम नै बिग्रिन्छ।
अब सरकारको २८,५०० मेगावाटको लक्ष्यसँग जुध्न ठूलो लगानी आवश्यक छ, जुन अझै पाउन सकिएको छैन।
त्यसैले प्राधिकरणलाई जोगाउनु अहिलेको आवश्यकता हो, नत्र ऊर्जा क्षेत्र नै संकटमा पर्न सक्छ।”
