• Wednesday 28th of October 2026

०७९ मा २२ हजार भोट ल्याएँ, अब ०८४ मा ३० हजार भोट ल्याउँछु :योगेश भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ०८४ को निर्वाचनमा आफूले ३० हजार भोट ल्याउने अहिले नै दाबी गरेका छन् । प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले ०७९ को निर्वाचनमा २२ हजार भोट ल्याएको र अब ०८४ को निर्वाचनमा ३० हजार भोट ल्याउने दाबी गरे ।

पत्रकार धमलाले ‘०७४ मा ताप्लेजुङका जनताले तपाईंलाई फूलमाला लगाएका थिए, अहिले कालो झण्डा देखाईरहेका छन् नि ?’ भनेको सोधेको प्रश्नमा नेता भट्टराईले भने–‘अहिले चाहीँ फूलमाला नलगाएको भए म सांसद कसरी भएर आएँ त ? कसले भोट दियो मलाई ? कहाँबाट आएँ ? समानुपातिक आएको होईन नि म, म त्यही जिल्लाबाट जितेर आएको हो । २२ हजार भोट ल्याएका थिएँ, अब ३० हजार भोट ल्याउँछु ।’

फरक प्रसंगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको सहमतिबमोजिम सरकारको नेतृत्व देउवालाई समयमै हस्तान्तरण गर्ने विश्वास दिलाए । उनले भने,‘सत प्रतिशत उहाँले नेतृत्व हस्तान्तरण गर्नुहुन्छ ।

केपी ओलीले २०८३ को असारमा सरकारको नेतृत्व शेरबहादुर देउवालाई छोड्नुहुन्छ । त्योभन्दा अगाडि जेठमै छोड्नुहुन्छ । शितलनिवासमा लगेर राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराएर सिंहदरबारमा ल्याउर पदबहाली गराएर केपी ओली बालकोट जानुहुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖