• Wednesday 28th of October 2026

काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको मुद्दाको पेसी बुधबारका लागि तोकियो


  • धनकुटा खबर
  • .

ललितपुर । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेको मुद्दा सुनुवाइका लागि उच्च अदालत पाटनमा बुधबारका लागि पेसी तोकिएको छ ।

उनको मुद्दा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको अदालतकी प्रवक्ता पार्वती हितानले जानकारी दिइन् ।

पाण्डेलाई कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उनले त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

पाण्डेले कामपा, मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ, महानगरीय प्रहरी बल, हालका कामपा प्रहरी प्रमुख विष्णुप्रसाद जोशी र नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖