• Wednesday 28th of October 2026

प्रहरीले आचरण विपरीत सार्वजनिक गर्‍यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सञ्चारकर्मी दिलभूषण पाठकविरूद्ध जारी भएको पक्राउ पुर्जीबारेको सूचना मंगलबार सार्वजनिक गरेको छ ।

पाठकविरूद्ध जेठ २७ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति आएको भन्दै साइबर ब्यूरोले सार्वजनिक सूचना नै जारी गरेको हो ।

ब्यूरोले जारी गरेको सूचनामा जाहेरवालाको नाम गोप्य राखेर पाठकलाई यथाशीघ्र ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

सार्वजनिक गोपनीयता राख्नुपर्ने दायित्व भएको राज्यको निकायले अदालतबाट जारी भएको पक्राउ पुर्जीको सूचना दिनु ‘आचरण विपरीत’को काम भएको कानुनका जानकारहरू बताउँछन् ।

अधिवक्ता प्रियहरी भण्डारीले अदालतको आदेशको पालना गर्नुपर्ने प्रहरीले त्यसरी सार्वजनिक रूपमा सूचना प्रकाशन गरेर आचरण विपरीतको काम गरेको बताए । उनले भने, ‘यस्ता क्रियाकलापले अपराध नियन्त्रणमा राज्यको भूमिका कमजोर हुँदै गएको विश्लेषण गर्न सकिन्छ ।’

पत्रकार पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानल टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖