• Wednesday 28th of October 2026

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका आरोपीलाई फिर्ता ल्याइयो नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौ । ललितपुरस्थित मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ।

उनलाई बुधबार राति १० बजे नेपाल ल्याइपुर्‍याएको प्रहरीले जनाएको छ। उनले मितेरी सहकारीको ३ करोड ४४ लाख रूपैयाँ अपचलन गरेको आरोप छ।

प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। ज्योति गुरूङले उक्त सहकारीको ६ करोड रूपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ।

रेड कर्नर नोटिसका आधारमा भण्डारी कम्बोडियामा पक्राउ परेपछि नेपाल प्रहरीको टोली लिन गएको थियो। प्रहरीले इन्टरपोलमार्फत् भण्डारीलाई नेपाल फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको थियो।

मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ। यसमा भण्डारीलाई पक्राउ गरेर नेपाल फिर्ता ल्याएपछि सिआइबीको जिम्मा लगाउने तयारी छ।

भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो। उनी यस ठगी प्रकरणमा प्रमुख आरोपी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖