• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यसरी गरियो नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्वार


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले आइतबार जीवितै उद्वार गरेको छ ।

अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटि पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्वार गर्न सफल भएको हो ।

उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवनतर्फ पठाएको छ । उनको अवस्था सामान्य रहेको भएता पनि नामवतन भने खुलाउन सकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖