• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला


  • धनकुटा खबर
  • .

कैलाली । बाजुराको गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्यको शव फेला परेको छ।

आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थियो ।

उनको शव सोही वडाको तीन नम्बर वडाकै बेलिब्रिज नजिकै फेला परेको हो। दिउँसो करिब २ बजेर ४५ मिनेटतिर उनलाई खोलाले बगाएको थियो।

घट्टको पाथर तार्ने क्रममा रौधीखोला उर्लेर आएपछि उनी बगेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले खोलामा एक्कासि बाढीले उनलाई बगाएको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖