• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

खोलामा हामफालेका युवकको सकुशल उद्वार


  • धनकुटा खबर
  • .

ललितपुर । ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भईरहेका १८ वर्षिय युवक बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हामफालेको प्रहरीले जनाएको छ ।

तर सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीले उनको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ । हाल उनी मानसिक सम्बन्धी विरामी भई सो अस्पतालमा उपचारत रहेको खुलेको सशस्त्र प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖